काठमाडौं,सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई आममाफी दिन सिफारिस गरेको छ।आइतबार बसेको मन्त्रिपरिषदको बैठकले पूर्व सांसद रेशम चौधरीलाई आम माफी दिन राष्ट्रपति समक्ष शिफरिस गर्ने निर्णय गरेको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति कार्यालयले निर्णय गरे उनी सोमबार गणतन्त्र दिवसका अवसरमा छुट्नेछन् । यसअघि जेठ १२ गते राष्ट्रपति पौडेलले आममाफीसम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए ।