काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका इन्द्रजित राईले आफ्नो स्वास्थ्य ठीक नभएको भन्दैन्यायाधीशसमक्ष बयान दिन आनाकानी गरेका छन् । उनले स्वास्थ्य ठीक भएपछि मात्र आफूले बयान दिने बताएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा गत बुधबार मुद्दा दायर भएको थियो । ३० जना प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार रहेका छन् ।