काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पाँच करोड २१ लाख ६२ हजार पाँच सय १६ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा १३ करोड १७ लाख ७२ हजार चार सय ६६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६२ करोड ७२ लाख नौ सय २८ रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासिक अवधिमा तीन अर्ब ३६ करोड ६६ लाख ६६ हजार छ सय ४३ रुपैयाँ निक्षेप संकलन गरी छ अर्ब ७२ करोड ३८ लाख २९ हजार एक सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २६ करोड १९ लाख ६० हजार दुई सय ५६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर तीन दशमलव ८७ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले तीन अर्ब १५ करोड ४८ लाख ४४ हजार एक सय ४५ रुपैयाँ निक्षेप संंकलन गरी सात अर्ब २३ करोड ८४ लाख ७७ हजार आठ सय ६८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ३१ करोड २२ लाख २७ हजार चार सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ९१ प्रतिशत रहेको थियो ।