काठमाण्डौं,चैत २९ नेपालका लागि ५१ देशका महामहिम अवैतनिक राजदूतहरू रहेका छन्। ति सबै जसो अवैतनिक राजदूतहरू ब्यापारी, उद्योगी र कुटनीतिज्ञ रहेको थाहा भएको छ । नेपालमा रहेका अवैतनिक राजदूतहरू: किर्तिगिस्तानका लागि अवैतनिक महावाणिज्यदूत समेत रहेका शङ्कर ग्रुपका सन्चालक सुलभ अग्रवाल थर्मल गन कालोबजारीमा पक्राउ परेपछि उनीसङ्गै एकाउन्न देशका अवैतनिक महावाणिज्यदूत को सुविधा खोसिएको छ| परराष्ट्र मन्त्रालयले हालका लागि नेपालस्थित विदेशका सबै अबैतनिक बाणिज्यदूतहरूका लागि दिईदै आएको निलो कुटनैतिक नम्बरप्लेट राख्ने र झण्डा राख्ने सुबिधा अर्को आदेश नहुँदासम्म स्थगित गर्ने निर्णय गरेको गरेको थियो । अग्रवाललाई थप अनुसन्धान गर्नको लागि ७ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला प्रशासनले आदेश दिएको थियो ।