काठमाडौं । ‘आईएमई पे’ ले केटीएम बबल टिसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । आईएमई पेले केटीएम बबल टिसँग गरेको सम्झौताअन्तर्गत आईएमई पेमार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो ।

सो अफर साउन १६ सम्म मात्र लागु हुनेछ । केही समययता विभिन्न व्यवसायसँग सम्झौता गर्दै आइएमई पेले क्युआर स्क्यान गरी भुक्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।