काठमाडौं,काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ८० लिटर रक्तचन्दन तेल बरामद गरेको छ । प्रहरीले तेलसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–७ चावहिलका ३० वर्षीय सुशिल पाठक, कालिकोट, रासकोट नगरपालिका–८ घर भई चावहिल बस्ने २८ वर्षीय विनोद बराल, सुर्खेत विरेन्द्रनगर नगरपालिका–१५ घरभई कलंकी बस्ने ३६ वर्षीय ज्ञान बहादुर ओली, रामेछाप लिखु तामाकोसी गाउँपालिका–२ घरभई काँडाघारी बस्ने ३५ वर्षीय नविन दाहाल, ३९ वर्षीय गोकर्ण हरि दाहाल छन् ।
बाँके कोहलपुर नगरपालिका–११ घरभई चावहिल सरस्वतीनगर बस्ने ५८ वर्षीय निल कान्त भुसाल, धादिङ निलकण्ठ नगरपालिका–९ घरभई जडीबुटी बस्ने ६३ वर्षीय मोहनबहादुर विश्वकर्मा र सोलुखुम्बु माप्यदुधकोशी गाउँपालिका–६ घरभई काठमाडौं महांकाल बस्ने ४० वर्षीय खेमराज घिमिरे छन् ।