काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन नयाँ प्रोजेक्टको भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । जसबाट ठूलो परिणाममा पेट्रोलियम ढुवानी खर्च बचत हुन पुगेको छ ।
यसअघि पाइपलाइनबाट डिजेल मात्र आयात भइरहेको थियो भने अब पेट्रोल पनि आयात हुनेछ । अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको छ ।
साथै अमलेखगञ्जदेखि चितवनको लेथलसम्म उक्त प्रोजेक्टले थप पाइपलाइन विस्तार गर्नेछ । यसको प्रधानमन्त्रीद्धय प्रचण्ड र मोदीले शिलान्यास समेत गरेका छन् ।