काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकहरूले नेपालगञ्जस्थित ले रायरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र उक्त रेस्टुरेन्टबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा बैंकको तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा ले राएरा रेस्टुरेन्ट र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्सु यादवले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त रेस्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड वाटर एन्ड फनपार्कमा पार्क टिकट खरिदमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।