काठमाडौं । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने दुई जना व्यक्तिले थाइल्याण्ड भ्रमणको अवसर पाएका छन् । जिओ खरिद गरेका प्रज्वल केसी र निरज कुशुवाहले उक्त अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।
गत फागुन २१ देखि वैशाख मसान्तसम्म सञ्चालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीमध्ये ‘लक्की ड्र’मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिएअनुसार बुधबार सो नतिजा सार्वजनिक गरिएको थियो । सेवाग्राही केसी र कुशुवाहाले चार रात र पाँच दिनका लागि उपहारस्वरूप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका हुन् ।
युवा उद्यमीहरूको समूहद्वारा प्रवद्र्धन गरिएको जोय ग्रुपद्वारा सञ्चालित जिओ मोबाइल नेपालकै व्यापारिक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ । सो बिक्री केन्द्रमा समयसमयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ ।