काठमाडौं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक ११:११ बजे बस्दै छ । प्रतिनिधि सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु गर्ने तयारी गरिएको छ ।
प्रतिपक्षी दलहरूको अवरोधका कारण आइतबारदेखि नै छलफलको तयारी गरिएको भए पनि बजेटमाथिको छलफल हुन सकेन । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणलगायतका विषयमा सोमबार सम्बोधन गर्नुका साथै प्रश्नोत्तर भएपछि संसद सामान्य अवस्थामा फर्किन लागेको हो । मंगलबार बस्ने आज मंगलबारको राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।