काठमाडौं । इजी सर्भिस नेपालले सस्तोमा एसी जडान गरिदिने भएको छ । गर्मी बढेसँगै एयर कन्डिसनर (एसी) को माग अत्यधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर कम्पनीले एसी जडानमा सहुलियत सुविद्या दिन लागेको हो ।
कम्पनीले एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाजलगायतका ब्रान्डहरूको एसी जडान अब नौ सय ९९ रुपैयाँमा गर्ने जनाएको छ । यसै गरी कम्पनीले वार्षिकरूपमा एसी मर्मत सम्भार गर्नका लागि एएमसी अर्थात् वार्षिक शुल्क चार सय ९९ रुपैयाँमा नै एसी मर्मत गरिदिने सेवाको समेत घोषणा गरेको छ । हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागि मात्र रहेको छ भनेपछि अन्य सहरहरूमा पनि विस्तार गर्दै लगिने कम्पनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए । ‘कम्पनीसँग यस क्षेत्रमा विगत १० वर्षभन्दा बढी समयको अनुभव भएको र विभिन्न ब्रान्डका लागि काम गरेको अनुभवले नै यो नयाँ सेवा ल्याउन सकिएको हो’, सर्भिस म्यानेजर सुमन सिंहले भने, ‘हाम्रो उद्देश्य भनेको उचित मूल्यमा समयमा नै गुणस्तरीय सेवा प्रदान गर्नु हो ।’
इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एन्ड रिसर्च सेन्टर(ईसीआरसी)द्वारा सञ्चालित र अधीनमा रहेको छ । ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसुईलगायत विभिन्न ब्रान्डको आधिकारिक सर्भिस सेन्टर चलाइरहेको छ । यसका साथै कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माइक्रो ओभन, कोल्ड रूमलगायतका इलेक्ट्रोनिक्स तथा समानहरूको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ । यसका लागि कम्पनीको देशभरि ३५ वटा लोकेसन र १२० जनाभन्दा बढी टेक्निसियन र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ । यो सेवाका लागि मोबाइल एपमार्फत समेत बुकिङ गर्न सकिनेछ ।