काठमाडौं । बिहीबार बुटवल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो ।
बिहीबारदेखि केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ । केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ।
लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । भारतको विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने संभावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए।
पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने बताइएको छ।