काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरूले नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समान्डु, मल्टी ब्रान्ड नेपाल, ओरिफ्लेम जोकी, सिद्धार्थ फार्मेसी, प्रिज्म इफेक्ट, भीआर गेमिङ जोन, फेड हुड, ब्लायक रोज, डी डा कलेक्सन, माहा ज्वेलरी, बेन्चमार्क, आशिका मेकअप स्टुडियो, जंगल रेस्टुरेन्ट, अटायर फर यू, डाँफे र श्यामाज हर्बल ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर गरी १८ वटा पसलहरूमा ३० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउने गरेको बताएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने छ । बैंकले देशैभरि फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।