जिल्ला अदालतमा साइबर ब्यूरोले दायर गरेको मुद्दामा न्युजअभियान डटकमका सम्पादक छायाचन्द्र भण्डारीले विद्युतीय कारोबार सम्बन्धी मुद्दामा न्याय पाएका छन् ।विद्युतीय कारोबार सम्बन्धी दायर गरेको उक्त मुद्दामा काठमाडौं जिल्लाका न्यायाधीश केशवप्रसाद घिमिरेले बिहीबार अन्तिम आदेशको फैसला मार्फत बादी तर्फको दाबी नपुग्ने भन्दै भण्डारीको पक्षमा फैसला गरेका हुन । सम्पादक भण्डारीलाई जिल्ला अदालत काठमाडौंमा साईबर क्राइम सम्बन्धमा साईबर ब्युरोले गत २०७९ भाद्रमा मुद्दा दायर गरेको थियो ।उक्त मुद्दाको बहस बरिष्ठ वकिल अनन्त राज लुईटेल, वकिल भक्ती घिमिरेले गरेका थिए । नेपाल पत्रकार महासंघ केन्द्र र जिल्ला ,प्रेस काउन्सिल नेपाल, नेपाल प्रेस युनियन, एसियन हुमनराइट्स कमिसन, क्रान्तिकारी पत्रकार महासंघलगायतका संघ संस्थाले भण्डारीलाई विद्युतीय कारोबार मुद्दा लगाइएको सम्बन्धमा आपत्ति प्रकट गरेका थिए ।समाचार लेखेकै आधारमा झुठ्ठा मुद्दामा फसाउने योजना सम्मानित अदालतको फैसलाले असफल तुल्याएको छ ।