काठमाडौं । सेयर बजार परिसुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि उकालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से सात दशमलव २७ अंकले उकालो लागेर १९ सय ३९ दशमलव ६१ बिन्दुमा कायम रहेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज एक दशमलव शुन्य पाँच अंकले ओरालो लागेर तीन सय ६४ दशमलव ४२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७३ वटा कम्पनीहरुको ४३ हजार एक सय २८ पटक सेयर कारोबार भएको छ । जसबाट ५९ लाख ६२ हजार ९३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम दुई अर्ब ३० करोड ५८ लाख ८८ हजार नौं सय ३१ रुपैयाँ पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको कारोबार हुँदा बाँणिज्य बैंक, जलबिद्युत, होटल तथा पर्यटन र उत्पादनमुलक समुहको सुचक ओरालो लागेपनि बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा सहितका नौं वटा उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।