काठमाडौं। जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयबारे छलफल गर्न निर्वाचन आयोगले शुक्रबार सर्वदलीय छलफल गर्ने भएको छ ।

आयुक्त रामप्रसाद भण्डारीले संविधानमा भएको व्यवस्था विपरित सरकारले आयोगलाई कार्यापालिका मातहत राख्न खोजेकाले सबै दलसँग परामर्श गर्न लागिएको जानकारी दिए । १५ जेठमा संघीय संसदमा प्रस्तुत बजेटमा जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहतमा लगिएको छ ।