काठमाडौं । शुक्रबारको प्रतिनिधि सभाको जारी बैठकमा नेकपा एमालेले उठाएका प्रश्नमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहेका छन् । प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल जारी छ। संसद् भवन नयाँ बानेश्वरमा सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको छ।
कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनरत पहिचानवादीहरुको प्रदर्शनमा आफ्ना नेताहरुसँगै प्रदेश उपसभामुखमाथि समेत आक्रमणको प्रयास भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ मागेको थियो ।
त्यस्तै शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।