काठमाडौं । वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ । नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको हो ।
नेपालीहरूमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ । यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्युमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । उनले सो क्रममा ब्रेन ट्युमरका केसहरूमा फोकस गरेर बिरामीहरूको चेकजाँच गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ । नर्भिक इन्टरनेसनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरूको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ । यो क्रममा सर्वसाधारणहरूको सहभागितासमेत उल्लेख्य हुने गरेको छ ।