काठमाडौं । समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेटमा चरम अन्याय भएको बताउँदै सरकार छाड्ने तर नसहने बताएका छन् । उनले भौतिक पूर्वाधार मन्त्रालयको भागमा परेको पाँच अर्ब रूपैयाँ गोरखा, डँडेलधुरा र नुवाकोटमा लगेर सिध्याएको भन्दै अन्याय नसहने बताएका हुन्।
‘भौतिक पूर्वाधार मन्त्रालयमा जम्मा पाँच अर्ब पैसा झिकेर गर्न सकिने रहेछ, त्यो पाँच अर्बमध्ये एक अर्ब १० करोड रुपैयाँ डँडेलधुरामा, ५५ करोड गोरखामा ७५ करोड नुवाकोटमा छुट्टयाइएछ,’ एकीकृत समाजवादीको उपाध्यक्षको हैसियतले आफूले यसलाई नसहने उनले भने ।
कसैले पनि आजको दिनमा यस्तो अन्यायपूर्ण गतिविधि गर्न सुहाउँदैन । १६५ वटा निर्वाचन क्षेत्रमा असमान व्यवहार गर्ने ! पार्टीभित्र पनि अन्यायका विरूद्ध विद्रोह गरेरै आएका हौँ, म उपाध्यक्ष भएको हिसाबले भन्छु- सरकार छाड्नुपरे परोस्, यो अन्यायलाई कदापी सहने छैन पाण्डेले भने ।