काठमाडौं,लगानी तथा लाभकरसँग सम्बन्धि मुदामा नेपाललाई सफलता हासिल भएको छ । एनसेलसँगको मुद्दा जितेपछि नेपाल सरकारको ६५ अर्ब भन्दा बढी रकम जोगिएको छ ।
नेपाल सरकार र एनसेलबीचको पुँजीगत लाभकर विवाद सात वर्ष दुई महिनापछि टुंगो लागेको हो । एनसेलको माउ कम्पनी आजियटा गु्रपले पुँजीगत लाभकर तिर्न आनकानी गरेपछि सर्वोच्च अदालत हुँदै लगानी विवाद समाधानसम्बन्धी अन्तर्राष्ट्रिय केन्द्र (आइसिएसआइसी) पुगेको मुद्दामा नेपालको पक्षमा फैसला भएको हो ।
सन २०२२ को अप्रिलमै सुनुवाई भएको यो मुद्दामा त्यसको १४ महिनापछि शुक्रबार आइसिएसआइडीले करिब तीन सय पुष्ठको पूर्ण पाठ सार्वजनिक गरेको थियो ।