काठमाडौँ । आइतबार दिउँसो १ः२५ बजे लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली प्रस्थान गरेका छन् । उनी स्वास्थ्य उपचारका लागि भारत गएको लोसपाका कार्यालय सचिव प्रदीप पाठकले बताए । आफ्नो मुटुमा लगाइएको पेसमेकर र एन्जिओग्राफीको फलोअपका लागि अध्यक्ष ठाकुर दिल्ली गएको उनले बताए ।
स्वास्थ्य उपचारपछि ठाकुरले केही भारतीय नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि त्यसतर्फ गएका थिए । त्यसको केही दिनपछि महानगरपालिका मेयर बालेन साह पनि भारत पुगेका थिए । उनीहरु आफ्नो व्यक्तिगत कामका लागि भारत गएको दावी गरिएको छ ।