काठमाडौं । काठमाडौंको मूलपानीमा भएको ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ मा पत्रकारिता क्षेत्रमा सक्रिय रहेका तीन सञ्चारकर्मीहरू सम्मान्नित भएका छन् ।
प्रभाव दैनिकका पत्रकार एवम् प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका पत्रकार एवम् सम्पादक ताराचन्द्र देवकोटा, क्रसचेक आर्थिक मासिकका सम्पादक र ठोक्सिला साप्ताहिकका प्रकाशक एवम् पत्रकार टंक कार्की टेलिफिल्म अवार्ड समारोहमा ‘बक्स अफिस पत्रकारिता सम्मान’बाट सम्मानित भएका हुन् । हरेक वर्ष आयोजना हुँदै आएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० संस्करणमा बक्स अफिस टेलिफिल्म अवार्डमा कुल ४३ टेलिफिल्महरूले सहभागिता जनाएका थिए भन्ने ८० वटा वेब सिरिजले यो अवार्डमा सहभागिता जनाएका थिए ।