काठमाडौं । यस वर्ष १२ लाख ५० हजार नागरिक बाढीपहिरो लगायत मनसुनजन्य प्रकोपबाट प्रभावित हुनसक्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य जोखिमको अवस्थाबारे जानकारी गराउँदै बताएका छन् ।
मधेशमा चार लाख तीन हजार १८०, कोशी प्रदेशमा तीन लाख एक हजार १४३, गण्डकीमा ६९ हजार ७४४, बागमतीमा ९६ हजार ८५८, लुम्बिनीमा एक लाख ९९ हजार ८६२, कर्णालीमा ३५ हजार ३३३ र सुदूरपश्चिममा एक लाख ४७ हजार १८१ जना प्रभावित हुने प्राधिकरणको विश्लेषणले आँकलन गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यो वर्ष तुलनात्मक रुपमा देशैभर कम पानी पर्नेछ । विभागका महानिर्देशक कमल राम जोशीले यस वर्षको मनसुन जेठ ३१ वा ३२ गते पूर्वबाट प्रवेश गर्ने संभावना रहेको र मनसुन सय दिन सक्रिय हुने बताए ।
धनकुटा, तेह्र्थुम, इलाम, पाँचथर, नवुाकोट, धादिङ, ओखलढुंगा, ललितपर, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, प्यूठान, रोल्पा, अर्घाखाँची, बागलुङ, रूकुम पश्चिम, दैलेख, अछाम र बैतडी पहिरोको जोखिममा रहको विगतको तथ्यांकबाट थाहा पाउँन सकिन्छ ।
त्यसैगरि सिराहा, धनषुा, महोत्तरी, झापा, मोरङ, सुनसरी, पर्सा, चितवन, सप्तरी, सर्लाही, रौतहट, बारा, दाङ्, बाँके, बर्दिया, नवलपर, परासी, रूपन्देही, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपर बाढीबाट प्रभावित हुने गरेको प्राधिकरणले जनाएको छ ।