काठमाडौं । शेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ४० अंकले उक्लिको सेयर बजार परिसुचक नेप्से आज सोमबार पुन सात दशमलव ७९ अंकले उकालो लागेर १९ सय ८७ दशमलव ८७ बिन्दुमा चढ्न सफल भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले उकालो लागेर तीन सय ७३ दशमलव ३५ बिन्दुमा चढ्न सफल भएको छ ।
धितोपत्र बजारमा आज दुई सय ८५ वटा कम्पनीहरुको ४९ हजार नौं सय ४४ पटकको कारोबारमा ७४ लाख ५४ हजार सात सय कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ८८ करोड ६५ लाख नौं हजार चार सय रुपैयाँ कायम भएको छ ।
आज १३ वटा उपसमुहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त र अन्य उपसमुहको सुचक उकालो लागेपनि बिकास बैक, फाईनान्स, जलबिद्युत, लगानी, सामुहिक लगानी कोष, निर्जीवन बीमा र ट्रेडिङ उपसमुहको सुचक ओरालो लागेका छन् ।