जुम्ला । रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर जुम्लामा एक युवा तिला नदिमा बेपत्ता भएका छन् । मंगलबार विहान ६ बजेर ५० मिनेट तिर उनी नदिमा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । बेपत्ता हुनेमा तिला-६ निवासी घोडे गाउँका कर्णबहादुर रोकाया उनका छोरा अन्दाजी १७ वर्षका मोहन रोकाया रहेका छन् ।
तिला-१ रारासेरी बजारबाट चामलको बोरा लिएर घरजाने क्रममा तिला नदि तर्ने अस्थाइ पुलबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका हुन् । खबर प्राप्त भएपछि प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । नदीको पानी धमिलो भएकाले खोज्न समस्या भएको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए ।