काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५७ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड पाँच लाख १४ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको संस्थाले चालु आवको तेस्रो त्रैमासमा ९३ करोड ९१ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४० करोड ८७ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । उक्त अवधिमा छ करोड ४४ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको चार दशमलव शून्य चार प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने वितरणयोग्य नाफा ४५ लाख २३ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ७८ करोड ५६ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३० करोड ८१ लाख २१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ११ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।