काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशअन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवीघाट, नुवाकोटस्थित श्रीजल्पादेवी मन्दिरलाई क्युआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ ।
बिहीबार एक समारोहका बीच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूका बीच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत जल्पादेवी मन्दिरलाई चन्दा बाकसको चाबी हस्तान्तरण गरेको छ । यसमा भौतिक नगद वा क्युआर कोड वा फोनपे एपमार्फत मन्दिरमा दान गर्न सकिन्छ । सिटिजन्स बैंक परिवारसहित देवीघाट शाखाको यस सहयोगको लागि अधिकांश सहभागीहरूले सम्मान र प्रशंसा व्यक्त गरेका छन् ।
निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत् यस्ता कार्यक्रमहरू प्रदेशका अन्य शाखामार्फत पनि सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बैकंले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जनाएको छ ।
बैंकले हाल देशैभर फैलिएका आफ्ना एक सय ८३ वटा शाखा, तीनवटा विस्तारित काउन्टर, एक सय ४० वटा एटीएम, छवटा कियोस्क सेवा र ९७ वटा शाखारहित बैंकिङ इकाईहरूबाट करिब १५ लाख ७२ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
अर्ली चाइल्डहुड डेभलमेन्ट सेन्टरलाई सहयोग
यसैबीच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ ।
बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उद्देश्यले गैरनाफामूलक संस्थाकी संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउँदै सोही उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनलले सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरे ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एवम् मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ ।