काठमाडौं । सेयर बजार परिसुचक अन्तत दुई हजार बिन्दुबाट उकालो लागेको छ । अघिल्लो दिन सात दशमलव ७९ अंकले उकालो लागेको बजार परिसुचक साताको चौंथो कारोबार दिन आज मंगबार ३४ दशमलव १७ अंकले उकालो लागेर दुई हजार २० दशमलव ६४ बिन्दुमा चडेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ५२ अंकले उकालो लागेर तीन सय ७९ दशमलव ८७ अंकमा चढेको छ ।
धितोपत्र बजारमा आज १३ वटा वटा उपसमुमहरु अन्तर्गत दुई सय ७० कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ७० हजार सात सय ७९ पटकको कारोबारमा एक करोड आठ लाख एक हजार छ सय ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम चार अर्ब १२ करोड ६६ लाख ९५ हजार नौं सय ४३ रुपैैयाँ पुगेको छ ।
कारोबार भएका १३ वटा उपसमुहहरु अन्तर्गत आज बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै समुहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।