काठमाडौं । नेपालका लागि इजरायली राजदूत हनान गोडर र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
मंगलबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा उनीहरूबीच भेटवार्तामा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषियोग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् ।
भेटवार्तामा अन्य समसामयिक विषयमा पनि कुराकानी भएको थियो । त्यसअबसरमा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी तथा अन्य केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।