काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई लगायत विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । अयोग्य भनेर शिविरबाट निकाल्नु र बालसेनाका रुपमा प्रयोग गर्नु अपराध भएको भन्दै लेलिन विष्टले सर्वोच्चमा रिट दायर गरेका थिए । न्यायाधीस सपना प्रधान मल्लको इजलासले उक्त रिटमा विपक्षीहरुका नाममा कारण देखाउ आदेश जारी गर्दै मुद्दालाई अग्रधिकार दिने आदेश गरेको हो ।