काठमाडौं। अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै तोडफोडमा संलग्न व्यक्तिलाई कारबाही नभएसम्म र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको प्रत्याभूति नभएसम्म इमर्जेन्सीबाहेक अन्य सबै सेवा बन्द गरेको जनाएको छ। अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा बिरामीका आफन्तले तोडफोड गरेपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो।
बिरामीको स्वास्थ्य अवस्था जटिल हुँदा पनि चिकित्सकले जानकारी नगराएको भन्दै मंगलबार बिरामीका आफन्तले आन्दोलन र तोडफोड गरेका थिए । २८ जेठमा गोकर्णेश्वर नगरपालिका, माकलबारीका ७१ वर्षीय सुवर्णकुमार धिताल पित्तथैलीको शल्यक्रिया लागि भर्ना भएका थिए। तर, धितालको ३० जेठमा उपचारको क्रममा मृत्यु भएको थियो । धितालको मृत्युपछि उनका आफन्तले अस्पताल परिसरमा नाराजुलुस, हुलहज्जत गरी अस्पता तोडफोड जस्ता अवाञ्छित क्रियाकलाप गरेको प्रशासनले बताएको छ।