काठमाडौं । बुधबार बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिस्पर्धी लीलानाथ चौलागाईंलाई ११ मतले पराजित गर्दै नेपाली कांग्रेसको संस्था नेपाल ट्रेड युनियन कांग्रेस वागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराई निर्वाचित भएका छन् । भट्टराईले एकसय ९२ मत प्राप्त गर्दा चौलागाइँले एक सय ८१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामकृष्ण लामिछानेले बताए ।
खुला उपाध्यक्षमा ओमप्रसाद शर्मा अधिकारीले १८४, कुमारप्रसाद पौडेलले १६९, महिला उपाध्यक्षमा शीला केसीले २०६, उपाध्यक्ष सेवा क्षेत्रमा तुलसी अधिकारी १७९, उपाध्यक्ष उत्पादनमा निमा लामाले १९४, उपाध्यक्ष अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा ख्यामराज तिवारीले १९५ मत ल्याई विजयी भए ।
यसैगरी सचिवमा विश्वहरि घिमिरेले १९२, सहसचिव खुलामा रमेश घिमिरेले १८४, सहसचिव महिलामा तारा भण्डारीले १८७, सहसचिव सेवा क्षेत्रमा ऋषिराम गिरीले १८४, सहसचिव उत्पादनमा उदयबहादुर लामाले १८२, सहसचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा अनिककुमार झाले १८१, कोषाध्यक्षमा रमेश खनालले १८८, सहकोषाध्यक्षमा निर्मला दुलाल आचार्यले १७७ मत प्राप्त गरेको निर्वाचन अधिकृत लामिछानेले बताए ।
मङ्गलबार सम्पन्न मतदानमा ४०४ मत खसेको थियो । महिला सदस्य अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा तारादेवी खतिवडा फुँयाल, युवा समितिमा राजु परियार, महिला समिति अध्यक्षमा अनु शर्मा, महिला समिति सचिवमा मेनुका भट्टराई र महिला समिति कोषाध्यक्षमा मिरा श्रेष्ठ विजयी भएका छन् ।
यसैगरी खुला सदस्यमा कर्णबहादुर कार्की, कौशलकुमार शाह, गङ्गा राई, प्रजापति दाहाल, महिला सदस्यमा कमला कार्की, तारा पौडेल आचार्य, काजलकुमारी ठाकुर, शान्ति थिङ, सदस्य सेवा क्षेत्र खुलामा अनिलकुमार सिंह र मिलन शर्मा घिमिरे निर्वाचित भएका छन् ।