काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले छ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्सको यही जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७८/७९ को खुद मुनाफामध्येबाट उक्त अनुपातमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सको हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ३० लाख रुपैयाँ रहेकोमा छ दशमलव ५० प्रतिशतका दरले हुन आउने छ करोड ८४ लाख ४५ हजार चार सय ११ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३४ प्रतिशतका दरले हुन आउने सात करोड २० लाख ४७ हजार आठ सय एक रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरिएको फाइनान्सले जानकारी दिएको छ । घोषित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एवं फाइनान्सको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।