काठमाडौं । नेपाल विज्ञापन संघ आनले आफ्नो ३३औँ वार्षिकोत्सव ‘सिर्जनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ भव्यरूपमा मनाएको छ । मंगलबार संघको केन्द्रीय कार्यालय शान्तिनगरमा प्रभातफेरीसहित ४६ पिन्ट रक्तदान गरी वार्षिकोत्सव मनाइएको आनले जनाएको छ ।
शान्तिनगरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम सहरका विभिन्न क्षेत्रलाई परिक्रमा गरी पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा आई कोणसभामा परिणत भएको थियो । कार्यक्रममा संघका अध्यक्ष सोमप्रसाद धितालले सिर्जनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण सञ्चारमाध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए ।