काठमाडौं । नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । देशभरका विद्यालय कर्मचारीले तलव वृद्धिलगायतका विभिन्न माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।
आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुलाई सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएर उनीहरुलाई सिंहदरबार वृत्तमा राखेको छ ।
आफूहरुलाई पनि निजामती कर्मचारीसरह सेवा सुविधा दिनुपर्ने विद्यालयका पियन, लेखापाल लगायतका कर्मचारीले माग राख्दै आएका छन् ।