काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १६ दशमलव ४२ अंकले उकालो लागेको सेयर बजार परिसुचक (नेप्से) आज पुन पाँच अंकले उकालो लागेर दुई हजार ४२ दशमलव सात बिन्दुमा कायम रहन सफल भएको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३० अंकले ओरालो लागेर तीन सय ८३ दशमलव ३९ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसअन्तर्ग ५२ हजार आठ सय १४ पटकको कारोबारमा ७८ लाख ९६ हजार चार सय ७८ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब १६ करोड २८ लाख १० हजार आठ सय ४३ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुुहहरुको कारोबार भएकोमा बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, लगानी, लघुवित्त र ट्रेडिङ समुहको सुचक ओरालो लागेका छन भने होटल तथा पर्यटन, जीवन बीमा, उत्पादनमुलक, सामुहिक लगानी कोष, निर्जीवन बीमा र अन्य समुहको सचुचक उकालो लागेका छन् ।