काठमाडौं । बिहीबार देखि भृकुटीमण्डपमा सुरू भएको शैक्षिक मेला काठमाडौं महानगरपालिकाले बन्द गराएको छ।
शैक्षिक मेलाको नाउँमा विद्यालयहरूले एसइई र प्लस टु को रिजल्ट प्रकाशन हुनुअगाडि नै शुल्क र भर्नाका लागि नाम टिपाउने गरेकाले बिहीबारका लागि मेला बन्द गराइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले बताए।
भृकुटीमण्डपमा शैक्षिक मेला हुँदैछ भनेर महानगरले बिहीबार बिहान मात्रै जानकारी पाएको उनले बताए सभामुख देवराज घिमिरे र कलाकार मदनकृष्ण श्रेष्ठले बिहीबारदेखि सुरू भएको चार दिने शैक्षिक मेलाको उद्घाटन गरेका हुन् । मेलामा ५० भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू भएको बजगाईंले बताए।