काठमाडौं महानगरका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश केही शब्दलाई लिएर बिरोध जनाएका छन् । भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म काठमाडौं महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने बालेनले बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने बताए। उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको बताए। शुक्रबार देखि विश्वव्यापी रुपमा फिल्म प्रदर्शन हुन लागेको छ । नेपालमा भने उक्त विवाद देखिएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् । क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् ।