काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच सम्झौता भएको छ । दुवै संस्थाबीच विद्युतीय सवारीमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार लक्ष्मी कन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेका ३०१ शाखाबाट नै कर्जा सुविधा उपलब्ध हुने बैंकले जानकारी दिएको छ । सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीलाई विद्युतीय सवारीले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिले सहयोगी हुने विश्वास लिएको बैंकको भनाइ छ ।