काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। उनलाई महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो ।
एसएसपी पाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दुर्व्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले शुक्रबार निलम्बन गरेको डीआइजी कडायतले जानकारी दिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दुर्व्यवहार गरेका थिए ।
महिला सहायक हवलदारले जेठ १९ गते शुक्रबार आफूलाई दुर्व्यवहार गरेको भन्दै उनीविरूद्द उजुरी दिएकी थिइन् । निवेदन दिइसकेपछि अनुसन्धानको क्रममा दुर्व्यवहार गरेको खुलेकाले पाललाई निलम्बन गरिएको प्रवक्ता कडायतले बताए ।