काठमाडौं । प्रभु बैंक लिमिटेडले प्यारामाउन्ट मोटर्स प्रालिले बिक्री गर्ने विद्युतीय सवारीसाधनमा ऋण लगानी गर्ने भएको छ । ऋण लगानीसम्बन्धी सम्झौतामा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउण्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्यारामाउन्टले आयात गर्ने एमजी मोडल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा ग्राहकलाई प्रभु बैंकले ऋण दिनेछ ।
ऋण छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा दिने बैंकले जानकारी दिएको छ । बैंकका अनुसार यस्तो कर्जा प्रभु बैंकको देशभर रहेका तीन सय एकवटै शाखाबाट उपलब्ध हुने जानकारी बैंकले दिएको छ ।