काठमाडौं । सानिमा जीआईसी इन्स्योेरेन्सका सञ्चालक समिति अध्यक्ष कुनाल कयालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कम्पनीको यही जेठ ३२ गते सम्पन्न भएको पाँचौँ वार्षिक साधारणसभाबाट संस्थापक समूहबाट तीनजना र सर्वसाधारण समूहबाट तीनजना सञ्चालकहरू निर्वाचित भएकोमा साधारणसभापश्चात सोही दिन बसेको सञ्चालक समितिको एक सय २३ औँ बैठकबाट सञ्चालक कुनाल कयाल सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।
सोही आधारमा बिमा ऐन, २०७९ को दफा ४७ को उपदफा (६) बमोजिम अध्यक्ष कयालले असार एक गते शुक्रबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । सो शपथ ग्रहण कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल, सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र कम्पनी सचिव तथा नायब महाप्रबन्धक सुवोधलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।