काठमाडौं । सिमकोटबाट हिल्सा जाँदै गरेको प्र ०३-०१०२२ च ५१२६ नम्बरको जीप सोमबार बिहान कर्णाली नदीमा खसेको छ । नाम्खा गाउँपालिका-२ स्थित उकालोमा उक्लिन नसकेपछि जीपमा सवार सबै यात्रु ‌ओर्लिएका थिए ।

जनकपुर घर भएका जीपका चालक राजेश लामा गम्भीर घाइते भएका छन् । जीप खसेपछि उनी हामफालेर बाँच्न सफल भएको डिएसपी भीमलाल भट्टराईले जानकारी दिए। उनलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको भट्टराईले बताए ।