काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच एक बराबर एकको सेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।
सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जरपश्चात वृद्धि हुने सेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचनाबमोजिम बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको अन्तिम स्वीकृति लिई आगामी असार मसान्तभित्रै दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य छ ।