काठमाडौं । होन्डा साइनले आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ । नेपालका लागि होन्डा मोटरबाइकको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनीले अब एक प्रतिशत ब्याजदरमा होन्डा साइन मोटरबाइक किन्न पाइने अफर ल्याएको हो । यस्तै, होन्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै चार हजार पाँच सय रुपैयाँसम्मको ‘क्यास ब्याक’ पनि पाउन सकिने छ ।
यो योजना जेठ १८ गतेदेखि सुरु भएको र असार १५ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ । धेरै माइलेजका कारण उपभोक्ताहरूको रोजाइमा पर्न सफल आरामदायी र आकर्षक होन्डा साइनमा उपलब्ध यो अवसरले ग्राहकहरूलाई भरपुर फाइदा पुग्ने कम्पनीको दाबी छ ।