आर्थिक दैनिक
Search
Nepali EditionEnglish Edition (Coming Soon)
|Print Edition|Video|Share Market|Subscribe to Aarthik
गृहपृष्ठ
KoshiMadheshBagmatiGandakiLumbiniKarnaliSudurpashchim
ई-पेपर
आर्थिक दैनिक
मुख्य मेनु
गृहपृष्ठसमाचारई-पेपरसेयर बजारसम्पादकीयविचार
प्रदेश
समाचार विधा

© 2026 आर्थिक दैनिक.

गृहपृष्ठ
समाचार
प्रदेश
ई-पेपर
अन्य

Download the Aarthik
App

Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

Download App
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
गृहपृष्ठबैंकिङकर्पोरेटऊर्जामनोरञ्जन

#All Stories

Police cars
मनोरञ्जन • १ हप्ता अघि

नेपालमा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि

बजेट भाषणपछि विद्युतीय गाडीको बजारमा नयाँ लहर। यस घटनाले बजारमा नयाँ तरंग पैदा गरेको छ र सरोकारवालाहरूले...

Stock chart
बैंक तथा वित्तीय • ३ दिन अघि

नयाँ मौद्रिक नीति सार्वजनिक, सेयर बजार र घरजग्गामा उत्साह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै आर्थिक क्षेत्र चलायमान हुने...

Home
Story
Explore
प्रदेश नं ५ मा १७ बलात्कारका घटना

प्रदेश नं ५ मा १७ बलात्कारका घटना

काठमाण्डौं,वैशाख ७ बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी का...

आ
आर्थिक दैनिक
April 19, 2020 at 05:05 AM
प्रदेश नं ५ मा १७ बलात्कारका घटना

काठमाण्डौं,वैशाख ७

बन्दाबन्दीका समयमा प्रदेश नं ५ मा १७ बलात्कारका घटनासम्बन्धी मुद्दा दर्ता भएका छन् । बन्दाबन्दीको २४ दिनका अवधिमा प्रदेशका आठ जिल्लामा १७ महिला बलात्कृत भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा पाँच बलात्कारका घटना भएका छन् ।
त्यसपछि कपिलवस्तुमा चार, गुल्मी र बाँकेमा दुईदुई तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा एकएक घटना दर्ता भएको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता पोखरेलले बताउनुभयो ।
पछिल्लो एक हप्तामा रुपन्देहीमा तीन युवतीमाथि बलात्कार भएको उजूरी आएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सैनामैना नगरपालिका तथा मर्चवारी र कञ्चन गाउँपालिकाका युवतीमाथि बलात्कार भएको हो । गत मंगलबार रुपन्देहीको सैनामैना १ मा १५ वर्षीयामाथि बलात्कार भएको हो । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय मानबहादुर छहारीलाई पक्राउ गरेको छ । परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही वडाबाटै छहारीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।
दिउँसो उनलाई आफ्नै घरमा बोलाएर बलात्कार गरेको उहाँले बताउनुभयो । यस्तै चैत २९ गते सूर्यपुरा ९ मा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गरेका छन् । एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकाको बयानका आधारमा ४० वर्षीय उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही दिन मर्चवारीमा २२ वर्षीय युवतीमाथि बलात्कार भएको छ । बलात्कारका आरोपमा स्थानीयवासी १८ वर्षीय राजेश चौहानलाई प्रहरीले पक्राउ गरेको छ । सो अवधिमा घरेलु हिंसाका १२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी प्र्रवक्ता पोखरेलले बताउनुभयो ।
घरेलु हिंसाका उजुरी धेरै परे पनि मुद्दा कम दर्ता भएका छन् । सबैभन्दा धेरै बाँके र दाङमा चारचार, रोल्पामा दुई र पाल्पामा घरेलु हिंसाका एक मुद्दा दर्ता भएका छन् । ३० को आत्महत्या बन्दाबन्दीमा आत्महत्याका घटना पनि भएका छन् । प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा ३० जनाले आत्महत्या गरेको रिपोर्ट आएको प्रहरीले जनाएको छ । सबैभन्दा बढी रुपन्देहीमा नौ जनाले आत्महत्या गरेका छन् । त्यसपछि दाङमा छ र कपिलवस्तुमा चार जनाले आत्महत्या गरेका छन् । नवलपरासीमा तीन, अर्घाखाँची र रुकुममा दुईदुई तथा गुल्मी, बर्दिया, रोल्पा र प्युठानमा एकएक जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । बन्दाबन्दीमा एउटा यौन दुव्र्यवहारकोसम्बन्धी मुद्दा पनि दर्ता भएको छ । सो अवधिमा अर्घाखाँचीमा बालविवाह र बहुविवाहको एकएक वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।(रासस)
Log in to add a comment
U
  1. Home
  2. प्रदेश नं ५ मा १७ बलात्कारका घटना

धेरै पढिएका

कक्षा १२ मा ६४% विद्यार्थी ग्रेडेड, १७,७८६ ले ३.६१+ GPA हासिल

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि
बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

समाचार
आर्थिक दैनिक•१ महिना अघि
मस्कले मानेनन् चिनियाँ दाबी

मस्कले मानेनन् चिनियाँ दाबी

विश्व बजार
आर्थिक दैनिक•४ वर्ष अघि

‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको सम्मान, नीर शाह र मिरूना मगरले प्रमुख पुरस्कार जिते

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

टेबलटेनिसमा नेपालकी योङ्गी पौडेल पहिलो

खेलकुद
आर्थिक दैनिक•१ महिना अघि
पुन: नौं अंकले खुम्चियो शेयर बजार

पुन: नौं अंकले खुम्चियो शेयर बजार

शेयर बजार
आर्थिक दैनिक•१ महिना अघि

प्रधानमंत्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाए

समाचार
आर्थिक दैनिक•३ हप्ता अघि

प्रधानमन्त्री बलेन्द्र शाह रास्वपा महाधिवेशनमा उपस्थित

राजनिति
आर्थिक दैनिक•३ हप्ता अघि

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्‍यो ४.२८% बोनस सेयर र ०.२२% नगद लाभांश

बीमा बजार
आर्थिक दैनिक•३ हप्ता अघि
न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

राजनिति
आर्थिक दैनिक•१ महिना अघि