काठमाडौं,नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा आन्दोलनरतहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । मंगलबार दिउसो आन्दोलनमा आएका सर्वसाधारणहरुमाथि प्रहरीले हस्तक्षेप गरेको हो । उक्त आन्दोलनमा उत्रिएका एक युवा बेहोस भएका छन् ।नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा उनी सहभागी रहेका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाएको थियो । नागरिकताबाट बञ्चित भएको भन्दै संघर्ष समितिले माइतीघरमा बिभिन्न समयमा निरन्तर प्रदर्शन गरिरहेको छ ।