काठमाडौं, सेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन दुई दशमलव ९४ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज सोमबार २६ दशमलव ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २५ अंकले ओरालो लागेर तीन सय ८८ दशमलव १४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ६८ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ६३ हजार नौं सय ५० पटकको कारोबारमा एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम चार अर्ब ११ करोड छ लाख छ हजार नौं सय ५३ रुपैंयाँ ९७ पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेठ (नेप्से) मा आज १३ वटा उपसमुहहरुको कारोबार भएकोमा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जिवन बीमा, होटल तथा पर्यटन, लघुवित्त, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक ओरालो लागेका छन् । यि बाहेकका उत्पादनमुलक, लगानी र टे«डिङ उपसमुहको सुचक भने बढेका छन् ।