पोखरा । बुधबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु यो जहाजले लिएर आएको हो । चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल यही जहाजबाट नेपाल फर्केका छन् ।
विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरेको थियो । १ जनवरी २०२३ बाट संचालनमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो ।