काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिका वडा नं ७ मा रहेको वीरेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । विद्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी ७० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । बाल अधिकारकर्मी राजन बस्नेतको आर्थिक सहयोगमा उक्त सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर खत्रीले जानकारी दिए ।
खुत्रुकेमा संकलित रकम र विभिन्न बैठक तथा तालिममा सहभागी भएबापत पाएको भत्ताको रकमले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको बस्नेतले जानकारी दिए । यसअघि उनले बहिरा प्राथमिक विद्यालय, गौरीशंकर बालगृहका विद्यार्थीहरूलाई पनि खाद्यान्न सामग्री र शैक्षिक सामग्री वितरण गरेका थिए ।